ज्योति क्यापिटल लिमिटेड र नगरकोट रिसोर्ट लिमिटेडबीच संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
नगरकोट रिसोर्ट लिमिटेडको कार्यालयमा आयोजित एक समारोहका बीच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास ढकाल र नगरकोट रिसोर्ट लिमिटेडको तर्फबाट कम्पनीको सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र राउत क्षेत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त समारोहमा नगरकोट रिसोर्ट लिमिटेडका संचालक निरज बहादुर राउत क्षेत्री तथा वित्तीय परामर्शदाता सिए गोविन्द शर्मा गैरेको उपस्थिति रहेको थियो ।
ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ । ज्योति क्यापिटलले व्यवसायको आरम्भ देखि सम्पन्नता सम्म सेवा अन्तर्गत प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्काशन गर्न सक्ने सम्म बनाउने कार्य गर्न आवश्यक परामर्श सेवा संचालन गरिरहेको छ ।
प्रतिक्रिया