Logo

Banner-news

यस्तो छ यतीको चौथो एटीआर


GDP Nepal
   १५ बैशाख २०७६, आइतबार


काठमाडौं । यती एयरलाइन्सले आफ्नो विमान संख्या तथा सेवा विस्तार गर्ने क्रममा शनिबार चौथो एटीआर ७२–५०० बिमान भित्र्याएको छ ।

उत्पादन क्रम संख्या एएसएन ७ सय ५४ तथा नेपाली रजिस्ट्रेसन नं ९एन एएनसी रहेको उक्त विमान शुक्रबार बिहान थाइल्यान्डको राजधानी बैंककबाट उडेर दिउँसो १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको पनि विमान कम्पनीले जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा एक वर्षमा नेपाल सरकारको २० लाख पर्यटक आगमनको लक्ष्य हासिल गर्न थपिएका विमानहरूले मद्दत गर्नेछन् भन्ने विश्वास यती एयरलाइन्सले लिएको छ ।

यतीको चौथो एटीआर

एटीआर ७२–५०० एक फ्रान्सेली– इटालियन कन्सोर्टियम एटीआरद्वारा निर्मित ट्वीन इन्जिन टर्बोप्रोप विमान हो । यसको सर्वश्रेष्ठ निर्माण र प्रदर्शनका कारण एटीआर ७२ विश्वमै सबैभन्दा सफल क्षेत्रीय क्यारियर बनेको छ । साथै एटीआर ७२ ले विश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गइरहेको पनि कम्पनीले जनाएको छ ।

एटीआर ७२–५०० दुई प्राट एन्ड व्हिट्नी पीडब्लु १२७ इन्जिनहरूद्वारा सञ्चालित छ र हयामिल्टन सन्स्याट्रयान्ड कम्पोजिट प्रोपेलरहरू बाट सुसज्जित छन् । यी उच्च प्रविधियुक्त इन्जिन र प्रोपेलरहरू उत्कृष्ट प्रदर्शन, इन्धन बचत, उल्लेखनीय ध्वनिको कमी र कम ग्रीन हाउस ग्यास उत्सर्जन जस्ता कुरा सुनिश्चित गर्ने विमान कम्पनीले जनाएको छ ।

प्रकाशित : १५ बैशाख २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह