Logo

बैंक / बिमा /शेयर

सिटिजन्स बैंकद्वारा वृद्धा आश्रमलाई सहयोग प्रदान


GDP नेपाल
   ४ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मोङको बुढीगंगा गाँउपालिकास्थित पुष्पलाल चोकमा अवस्थित महिला जागृती तथा वृद्धा आश्रमलाई सहयोग प्रदान गरेको छ ।

ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सो संस्थालाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ६ महिनालाई पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामाग्री र अन्य सामाग्रीहरु उपलब्ध गराएको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम संचालन भइरहेको छ ।

वृद्धा आश्रममा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले एक वृद्धा महिलाले संचालन गरेर समाजमा अनुकरणिय काम गर्दै आएको संस्थालाई सहयोग प्रदान गर्न पाँउदा आफूलाई धेरै खुसी महशुस भएको कुरा व्यक्त गरे ।

प्रकाशित : ४ फाल्गुन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह