बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाहरुकोविरुद्धमा समाचारहरु सम्प्रेषण गर्ने कार्यप्रति आपत्ति जनाएको छ । विगत केही दिनदेखि केही समूहबाट बैंक तथा वित्तीय संस्थाहरुको विश्वसनियतामा ठेस पुग्ने गरी विभिन्न अफवाह फैलाउने समाचारहरु सम्प्रेषण भएको बताउँदै सिबिफिनले सो कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
सिबिफिनले पौष मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको मुख्य वित्तीय परिसूचकहरु सवल रहेको जनाउँदै सर्वसाधारण निक्षेपकर्ताको हकहितका विषयमा कुनै पनि जोखिम सृजना नभएको बताएको छ । यस्तै, पौष मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको कुल ग्राहस्थ उत्पादनको ११३.९३ प्रतिशत निक्षेप, कुल ग्राहस्थ उत्पादनको ९४.४७ प्रतिशत कर्जा लगानी, ६ हजार ४ सय ४१ शाखा संजाल रहेको सिबिफिनले जानकारी गराएको छ ।
त्यस्तै, सिबिफिनले भ्रामक तथा तथ्यहिन विषयहरुको पछि नलागी आफू सम्बद्ध बैंक तथा वित्तीय संस्थाहरुको वास्तविक तथ्यका वारेमा बुझ्नु परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुका आधिकारिक प्रतिनिधिहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया