Logo

बैंक / बिमा /शेयर

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो साधारण सभा


GDP नेपाल
   ७ फाल्गुन २०८०, सोमबार


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले साधारण सभा डाकेको छ । सभा लैनचौर ब्यांकेट काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

सभामा कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।यस इन्स्योरेन्सले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।

सभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना प्रतिनिधित्व हुने गरी सञ्चालकको निर्वाचन गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १० गते बुक क्लोज गर्ने भएको छ । सभामा भाग लिन फागुन ९ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ ।

प्रकाशित : ७ फाल्गुन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह