नेपाल पुनर्बिमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदको लागि आवेदन खुला गरेको छ । सोमबार एक सूचना जारी गर्दै कम्पनीले सीईओ पदमा आवेदन माग गरेको हो ।
आवेदकले सो समयभित्र कम्पनीको कार्यालय थापाथली काठमाडौंमा गोप्य शिलबन्दी आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । दरखास्त पेश गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी तथा उपर्युक्त कार्यविधिको दफा ६ बमोजिमको व्यावसायिक कार्ययोजना (पाँच हजार शब्दमा नबढ्ने गरी) खामबन्दी गरी पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।
आवेदनका साथ पुनर्बिमा कम्पनीको नाममा रहेको राष्ट्रि वाणिज्य बैंकको खातामा पाँच हजार रुपैयाँ जम्मा गरेको सक्कल भौचर पनि पेस गर्नुपर्ने छ ।
यस्तै, प्रमुख कार्यकारी अधिकृतमा आवेदन दिने आवेदनकर्ताले बीमा, मौद्रिक , बैकिङ, वित्तीय, वाणिज्यशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सोसरहको भए पाँच वर्ष, बैंक वा वित्तीय क्षेत्रमा भए आठ वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा कम्तीमा एक वर्षको अनुभवसहित कम्तीमा सात वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ ।
यसका साथै, चार्टर्ड एकाउन्टेन्सी गरेको वा बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तीमा स्नातक वा सो सरहको उपाधि हासिल गरेको र कम्तीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा दश वर्ष, बैंक तथा वित्तीय क्षेत्रमा भए १५ वर्ष वा दुवै क्षेत्रमा भए बीमा क्षेत्रमा कम्तीमा एक वर्षको अनुभवसहित कम्तीमा १२ वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ ।
प्रतिक्रिया