यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को साविक अजोड इन्स्योरेन्स लिमिटेड साथै यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८० साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित भएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागी बाह्य लेखापरीक्षक जे.बि. राजभण्डारी एण्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरिएको छ ।
सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशतले हुन आउने रकम १९ करोड ५४ लाख ३२ हजार रुपैयाँ र कर प्रयोजनका लागि नगद लाभांश ०.५४०१ प्रतिशतका दरले हुने रकम १ करोड २ लाख ८५ हजार ८९४.७४ रुपैयाँ नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने तथा सोहि बमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय समेत गरेको छ ।
यसैगरी नियमावलीमा संचालकको संख्या र कार्यकाल र नियुक्ती सम्बन्धमा आवश्यक संशोधन गर्न स्वीकृति प्रदान गरेको छ । साथै संचालक समितिको सदस्यमा संस्थापक शेयरधनीतर्फ अजाद श्रेष्ठ, प्रणव कुमार दास र बलराम खनाल निर्विरोध निर्वाचित भएका छन् । सर्वसाधारण शेयरधनीतर्फ पानु दत्त पौडेल र शम्भु अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिक्रिया