Logo

Banner-news

नामी विश्वविद्यालयमा पढेरमात्र सफल भइन्छ भन्ने सोच गलतः चौधरी


GDP Nepal
   १६ बैशाख २०७६, सोमबार


काठमाडौं । उद्योगपछि एवं सांसद विनोद चौधरीले सफलताका लागि नाम चलेका विश्वविद्यालयमै अध्ययन गर्नुपर्छ भन्ने सोच गलत रहेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागका विद्यार्थीसँग आइतबार अन्तक्र्रियामा उनले कमजोर विश्वविद्यालयमा अध्ययन गरिरहेको हिन भावना त्याग्न आग्रह गरे ।

चौधरी ग्रुपका अध्यक्षसमेत रहेका उनले करिब सात सय विद्यार्थीलाई सम्बोधन गरेका थिए । उनले विश्वविद्यालयबाट विदाई हुनु अगाडि नै आफ्नो भविष्यको गन्तव्य तय गर्न पनि विद्यार्थीलाई सुझाव दिए ।

विश्वका नाम चलेका विश्वविद्यालयमा पढ्दैमा मात्रै सफल भइने सोंच सही नभएको उल्लेख गर्दै उनले भने, ‘मैले पनि त्रिभुवन विश्वविद्यालय मातहतकै क्याम्पसमा अध्ययन गरेको हु“ । यदि त्यस्तो हुन्थ्यो भने म अर्बपति बन्न सम्भव थिएन ।’
युक्रेनी युवा जोम कोउमले ह्वाट्सएपमार्फत् प्राप्त गरेको सफलताको उदाहरण प्रस्तुत गर्दै उनले भने– त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले पनि दुनिया“ हल्लाउने आविष्कार गर्न सक्छन् । त्यसकालागि सपना देख्नु र सपनालाई पछ्याउनु भने अनिवार्य छ ।

‘आजको विश्व ३० वर्षभन्दा कम उमेरका युवाका लागि सबैभन्दा महत्वपूर्ण रहेको छ । सूचना प्रविधिका क्षेत्रमा जति पनि उपलब्धी हासिल भएका छन् सबै यही उमेरका युवाहरुको देन छ,’ अध्यक्ष चौधरीले भने– यो हलमा रहनु भएका विद्यार्थीहरूका लागि यस्ता प्रशस्त अवसर छन् ।’

सफलताका लागिथ्रि एस अर्थात स्किल, स्केल र स्पिडको आवश्यकता पर्ने सूत्र दिँदै अध्यक्ष चौधरीले भने– तपाई“हरूको विश्वविद्यालयको अध्ययनत्यहि स्किल हासिलगर्नकालागि हुनुपर्छ । यहा“ प्राप्त गरेको स्किललाई वृहत स्केलमा कार्यान्वयनमा ल्याउन सक्दामात्रै सफल हुन सकिन्छ ।

प्रमाणपत्र एउटा गोरेटोबाट नया“ राजमार्गलाई जोड्ने पुल अवश्य पनि हो तर, यो आफैमा सफल जीवनको पर्याय भने नभएको उनको भनाइ छ । उनले भने– जसले जति राम्रो अंकल्याएर डिग्रि प्राप्तगर्नु भएको छ तपाई“ले त्यति नै धेरै मेहनत गरेर आफुलाई आफैले प्रमाणित गर्न पनि बा“की छ ।

अध्यक्ष चौधरीले नेपालीयुवाका तीनवटा सफलताका स्टोरी पाइला टेक्नोलोजी, फुडमारियो र नेपालीधोवीको बारेमा जानकारी दिँदै यस्तै श्रृजनशील अवधारणाले नेपाली युवाहरूले सफलता हासिल गर्ने बताए ।
उनले विश्वमा ३० वर्षभन्दा कम उमेरमा अर्बपति क्लवमा नाम लेखाउन विश्वकै कान्छी अर्बपछि केली जेनर, गुगलका सहसस्थापक सर्गेयी ब्रेन, स्ट्राइपका सस्थापक प्याट्रिक कोलिसन, स्न्यापच्याटका सह–सस्थापक बबी मर्फे र फेसबुकका सस्थापक मार्क जुकरवर्गको सफलताको कथा सुनाउदै एउटा श्रृजनशिल सोंचको कार्यान्वयनबाट संसारको दिशा बदलिने अवस्था रहेको बताए ।

आर्टिफिसियल इन्टिलिजेन्सले विश्व हा“क्ने अवस्था आएको भन्दै उनले जसका कारण विश्वमा उच्च दरमा रोजगारी कटौती हुने अवस्था आएको बताए । ‘पाईटलविहिन लडाकू विमान, ड्राइभरविहिन गाडी र रोवोटले काम गर्ने वातावरण तयार भएको छ । विश्वमाआएका यी परिवर्तनको प्रभाव नेपालमा पनि पर्नेछ’ चौधरीले भने– हामीले पनि एक स्टेप अगाडिका बारेमा सोच्ने समय आइसकेको छ ।’
नेपाली राजनीतिमा पी२ अर्थात् प्रो पब्लिकपोलिटिक्स र जी २ अर्थात् गूड गभर्नेन्स आवस्यक रहेको बताउँदै चौधरीले त्रिभुवन विश्वविद्यालयले देशलाई प्रधानमन्त्री, मन्त्री र कर्मचारीतन्त्र दिएको र अब पी २ र जी २ कार्यान्वयनगर्ने राजनीतिज्ञ पनि यसै विश्वविद्यालयको हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा उनले विश्वब्यापी ब्राण्ड बनेकावाईवाई, सीजी हस्पिटालिटीको सफलताको कथा पनि विद्यार्थीसँग सेयर गरेका थिए ।

प्रकाशित : १६ बैशाख २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह