नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक आलोक कुमार चौधरीको नेपाल भ्रमणका दौरान वृक्षारोपण गरिएको हो ।
चौधरीले पशुपति मन्दिर परिसरमा रहेको कैलाश डाँडामा वृक्षारोपणको शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, बैंकका सल्लाहकार छपिराज पन्त, बैंकका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल तथा बैंकका अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया