सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्तबीच फागुन २४ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ ।
एकीकृत कारोबारका लागि दुवै कम्पनीलाई धितोपत्र बोर्डले बुधबार स्वीकृति दिएको छ । त्यस्तै, नेपाल राष्ट्र बैंकले माघ २४ र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते अन्तिम स्वीकृति दिइसकेका छन् ।
मर्जर पश्चात ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट दुई लघुवित्तबीच एकीकृत कारोबार सुरु हुनेछ ।
दुवै कम्पनी १ः०.८५३५ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं १४ मा रहने छ ।
प्रतिक्रिया