क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेड साधारण सभा बोलाएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित चैत ५ गते साधारण सभा बोलाएको हो ।
सभा शुभ होटल प्रालि, चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभाले स्वतन्त्र सञ्चाल निर्वाचन गर्नेछ ।
प्रतिक्रिया