सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया