कामना सेवा विकास बैंकको सेयर लिलामी बिक्री खुला भएको छ । बैंकले ३ लाख ९ हजार ८९२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।
यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ १०५ रुपैयाँ तोकिएको छ ।
आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गरी प्रभु क्यापिटल, कमलादी काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । यसमा फागुन २२ गतेसम्म आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया