एनआइसी एसिया बैंकको संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ । बेंकले ५ लाख १३ हजार ३२५ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।
यसमा बैंकका विद्यमान संस्थापक सेयरधनी तथा अन्य इच्छुक व्यक्ति, संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ २०८ रुपैयाँ तोकिएको छ । आवेदकले एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।
बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।
यसमा बिक्री प्रबन्धकको काम एनआइएमबी एस क्यापिटलले गर्नेछ । फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया