मंगलबार केही बैंकरहरु पक्राउ परेको विषयमा नेपाल बैंकर्स संघले गृहमन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल गर्ने भएको छ । संघको आज बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।
मंगलबार सिआइबीले प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, सेन्चुरी बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तुल्सीराम गौतमलगायतलाई प्रक्राउ गरेको थियो । तत्कालीन सेञ्चुरी बैंकमा सीईओ रहँदा न्यौपानेसहितको टोलीले कमसल धितो राखेर कर्जा प्रवाह गरेको आरोप लागेको छ ।
यस्तै, संघले बैंकिङ क्षेत्रबारे अनर्गल प्रचारले भ्रम फैलिएका बेला सरकारबाट सकारात्मक सन्देश चाहेको बताएको छ ।
प्रतिक्रिया