Logo

बैंक / बिमा /शेयर

सर्वोत्तम सिमेन्टको आइपीओ बुधबार बाँडफाँट गर्ने तयारी


GDP नेपाल
   २० फाल्गुन २०८०, आइतबार


सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आइपीओ यसै साता बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आगामी आइतबार आइपीओ प्रि अलोटमेन्ट गर्ने तयारी भएको छ ।

यस अनुसार बुधबारसम्ममा आइपीओ बाँडफाँड हुने विक्री प्रबन्धकले जानकारी दिएको छ ।

सीडीएसका अनुसार यसमा अन्तिम दिन फागुन १६ गते साँझसम्ममा १० लाख १२ हजार ३८४ जनाले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका हुन्। जुन मागभन्दा १९.३२ गुणा बढी आवेदन हो ।यस अनुसार यो कम्पनीको शेयर ५५ हजार ५२१ जनाले पाउनेछन् । बाँकी साढे ९ लाख भन्दा धेरैले शेयर नपाउने भएका हुन् ।

सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो।

प्रकाशित : २० फाल्गुन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह