Logo

बैंक / बिमा /शेयर

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभा सम्पन्न


GDP नेपाल
   २० फाल्गुन २०८०, आइतबार


काठमाडौँ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २६औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । साधारण सभामा बोल्दै अध्यक्ष हेम राज ढकालले नेपाली बिमा बजारमा छुट्टै पहिचान स्थापित गर्न इन्स्योरेन्सले गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको बताए ।

उनले देशको आर्थिक विकासमा बिमाको ठुलो योगदान रहेको भन्दै बिमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्दछ भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा नेपाली बिमा बजार अझै फराकिलो हुने बताए ।

सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट ढकालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीको २६औँ वार्षिक साधारण सभाबाट आगामी ४ वर्षको लागि संस्थापक समूहबाट हेम राज ढकाल, विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल र कृति टिवडेवाल साथै सर्वसाधारण समूहबाट राजेन्द्र सिंह भण्डारी र अमित अग्रवाल सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेका छन् ।

गत वैशाख २७ गतेबाट साबिक आइएमई जनरल इन्स्योरेन्स लि र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि मर्जर भएर आईजीआई प्रुडेन्सियल इन्स्योेरेन्स बनेका थिए ।

प्रकाशित : २० फाल्गुन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह