Logo

बैंक / बिमा /शेयर

अमेरिकी डलर र रियाल स्थिर, पाउण्डको भाउ बढ्यो


GDP नेपाल
   २१ फाल्गुन २०८०, सोमबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ ।

राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर आइतबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा कायम छ ।

यूरो एकको खदिर दर १४३ रुपैयाँ ४५ पैसा कायम भएको छ भने बिक्री दर १४४ रुपैयाँ १० पैसा तोकिएको छ । आइतबार यूरो एकको खदिर दर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ भने बिक्री दर १४४ रुपैयाँ ७९ पैसामा कारोबार भएको थियो ।

यस्तै, सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४५ पैसा रहँदा बिक्री दर १६८ रुपैयाँ २१ पैसा पुगेको छ ।

आइतबारको तुलनामा पाउण्ड आज बढेको छ । आइतबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा र बिक्री दर १६७ रुपैयाँ ९८ पैसामा कारोबार भएको थियो ।

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको छ । रियालको भाउ स्थिर छ ।

प्रकाशित : २१ फाल्गुन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह