Logo

बैंक / बिमा /शेयर

सर्वोत्तम सिमेन्टको आइपीओ शुक्रबार बाँडफाँट हुने


GDP नेपाल
   २१ फाल्गुन २०८०, सोमबार


सर्वोत्तम सिमेन्टको आइपीओ शुक्रबार बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सर्वोत्तम सिमेन्ट कम्पनीको अनुरोधमा आइपीओ शुक्रबार बाँडफाँट हुने भएको हो । यसअघि बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइपीओ बिहीबार बाँडफाँट निर्णय गरेको थियो ।

आइपीओको प्री–अलोटमेन्ट आइतबार सम्पन्न भएको छ । आइपीओमा मागभन्दा १९.३२ गुणा बढी आवेदन परेको छ । यसमा १० लाख १२ हजार ३८४ जनाले कुल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ५५ हजार ५२१ जनाले मात्र सेयर हात पार्नेछन् ।

सर्वोत्तमले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि गतेसम्म कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो ।

प्रकाशित : २१ फाल्गुन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह