Logo

Banner-news

सिमरा–पोखरा हवाई उडानको तयारी


GDP Nepal
   २१ बैशाख २०७६, शनिबार


काठमाडौं । भारतीय पर्यटकलाई पोखरा भ्रमण सजिलो होस् भन्ने उद्देश्यले बाराको सिमरादेखि पोखरासम्म सीधा हवाई उडान गर्ने तयारी भएको छ । भारतीय पर्यटकमाझ निकै लोकप्रिय गन्तव्यका रुपमा रहेको पोखराको पर्यटन प्रवद्र्धनमा यसले नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

गण्डकी प्रदेश सरकारले पोखरालाई अन्य ६ प्रदेशसँग सीधा हवाई सम्पर्कबाट जोड्ने योजनासहित पहिलो चरणमा पोखरा–सिमरा हवाई सेवा सुरु गर्न लागिएको हो ।

गत पुसमै बाराबाट गएका जनप्रतिनिधिसहितको सरोकारवाला टोली, नागरिक उड्डयन प्राधिकरण, गण्डकीका प्रदेशमन्त्रीलगायत पोखराका सरोकारवालाबीच सिमरा पोखरा हवाई उडानको सम्भावनाबारे छलफल भई निर्णयसमेत गरिएको थियो ।

सोही छलफलमा गण्डकी प्रदेशले अन्य ६ प्रदेशसँग पनि क्रमशः हवाई सम्पर्क जोड्दै जाने बताएको थियो ।

उडान कार्य हालसम्म नथालिएपछि गत आइतबार जितपुर सिमरा उपमाहनगरका नगर उधोग बाणिज्य संघ, होटल तथा पर्यटन ब्यवसायी संघ बाराका प्रतीनिधहरु सहितको टोलीले गत पुसमै निर्णय गरीएको पोखरा सिमरा सीधा हवाई उडानबारे गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्साललाई भेटेर ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछानेले बताए ।

लामिछानेले दुई नम्बर प्रदेशमा संभावना भएको पर्या पर्यटन, धार्मिक पर्यटन र औद्योगिक एवम कृर्षि पर्यटन लाई पोखरा सङ्ग कनेक्टिभिटी गर्ने गरि वैशाखको अन्तिमसम्म सिमरा पोखरा उडान हुने कुरामा ढुक्क हुन गण्डकी प्रदेशका पर्यटनमन्त्री बिकास लम्सालले बचन दिएको समेत बताए ।

पर्यटनमन्त्रीको दुखद् निधन र मन्त्रालयका कारण माघमै उडान हुनुपर्ने पोखरा सिमरा उडान लम्बिएको मन्त्री लम्सालले सिमराबाट गएका सरोकारवालाहरुसँग धारणा राखेका थिए ।

नागरिक उड्डयन प्राधिकरणका सिमराका प्रमुख हिराजन काफलेले पोखराबाट, सिमरासम्म हवाई रुटको कुनै समस्या नभएको बताए । उनले भने, आइपर्ने प्राविधिक समस्या प्राधिकरणले समाधान गर्छ निजी हवाई कम्पनीहरुले उडानका विषय चासो राख्दै अन्तिम गृहकार्यमा पुगेका छौं ।

प्रकाशित : २१ बैशाख २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह