काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूको वित्तीय पहुँच तथा स्वच्छ ऊर्जामा पहुँच अभिवृद्धि गर्न महिला उद्यमी सशक्तीकरण योजना सार्वजनिक गरेको छ । आलय प्रा।लि। र रायन इनजी प्रा।लि।को सहकार्यमा उक्त योजनाको सुरुवात गरिएको छ ।
यसअन्तर्गत महालक्ष्मी विकास बैंकले बनेपा, धुलिखेल र काभ्रेपलाञ्चोकका महिला लघु उद्यमीहरूलाई विद्युतीय सवारी साधन खदिका लागि वित्तीय सहयोग प्रदान गर्ने जानकारी दिइएको छ ।
आधिकारिक विक्रेता तथा निर्माताको रूपमा रहेको रायन इनर्जीले सुरक्षित तथा वातावरणीय अनुकूल विद्युतीय सवारी साधनहरू आपूर्ति गर्ने बताइएको छ ।
महालक्ष्मी विकास बैंकले हाल १०३ शाखा कार्यालयमार्फत सेवा दिँदै अएको छ ।
प्रतिक्रिया