Logo

Banner-news

नेपालमा ओयोको आक्रामक विस्तारः १० सहरमा सञ्जाल, एकै क्लिकमा होटल बुकिङ


GDP Nepal
   २२ बैशाख २०७६, आइतबार


काठमाडौं । होटल बुकिङमा दक्षिण एसियाकै ठूलो सञ्जालका रुपमा रहेको भारतीय कम्पनी ओयोले नेपालमा पनि आक्रामक विस्तार गरेको छ ।
ओयोले १० सहरमा सेवा विस्तार गरिसकेको छ भने यससँग आवद्ध नेपाली होटलको संख्या २ सय नाघेको छ । जसमा ३ हजार ४ सय रुम रहेको जनाइएको छ ।

ओयोले दुई वर्षअघि अर्थात मे २० १७मा काठमाडौंबाट सञ्चालनको सुरुवाट गरेको थियो । हाल ओयोका होटल पोखरा, धुलिखेल, भक्तपुर, नगरकोट, चितवन, बिराटनगर, हेटौंडा, नेपालगञ्ज र धनगढीमा छन् ।

ओयो

नेपालका होटलहरु ओयोमा उत्साहजनक रुपमा सहभागी भइरहेकोप्रति टिप्पणी गर्दै ओयो होटल्सका इन्डिया र दक्षिण असिया हेर्नेे प्रमुख कर्यकारी अधिकृत आदित्य घोषले भने– हामीले नेपालमा सञ्चालन सुरु गरेपछि नेपालको आतिथ्य उद्योगबाट र त्यसका अवसरहरुबाट धेरै सिकेका छौं । हामी हाम्रा ग्राहकहरु र होटल मालिकहरुको प्रतिक्रियाबाट प्रभावित छौं र त्यसले हाम्रो ३ वटाबाट १० वटा शहरमा छिटो विस्तार गर्न मूख्य भूमिका खेलेको छ ।

उनका अनुसार ओयोमा ९० भन्दा बढी प्रतिभाशाली स्थानीय नेपाली महिला र पुरुषहरुको टोली कार्यरत छ । ओयोले हालै भारत र दक्षिण असियाको लागि १४०० करोड भारु बराबरको लगानी गरेको छ ।

कम्पनीले नेपाल रणनीतिक बजार भएको हुनाले हरेक प्रकारको अचल सम्पत्तिहरुमा महत्व थपेर नेपालको आतिथ्य उद्योगलाई परिवर्तन गर्न धेरै मेहेनत गरेर काम गरिरहेको घोषले बताए ।

भारत र चीनमा राम्रो बजार विस्तारपछि नेपाल ओयो होटल्स् र होम्स्का लागि अर्को अवसर बनेर निस्केको उनको भनाइ छ । गुणस्तरीय वासस्थानहरुको माग र आपूर्तिमा ठूलो विच्छेद भएको हुनाले यात्रीहरु र नेपालीहरुले स्थान, गुणस्तर र मूल्यमा समझौता गर्नु परेको जनाइएको छन् ।

ओयोले प्रविधि र प्रतिभाको प्रयोगले यस समस्यालाई समाधान गर्दछ । औसतमाओयोको सञ्जाल सँग आवद्ध हुने प्रोपर्टीहरुले ६५ % अक्युपेन्सी पाइरहेका छन् ।

नेपालमा सञ्चालन सुरुवात गरेदेखि ओयोले अतिथि अनुभवमा मानकीकरण र स्थिरता निश्चित गर्न २०० भन्दा बढी होटलहरुलाई रुपान्तरण गरेको छ । कम्पनीको वासस्थनहरुको रुपान्तरण र नवीनकरण गर्ने दृष्टिकोण प्रविधिद्वारा संचालित छ ।

प्रकाशित : २२ बैशाख २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह