Logo

बैंक / बिमा /शेयर

महालक्ष्मी विकास बैंकको २०८१ सालको क्यालेन्डर सार्वजनिक


GDP नेपाल
   २९ फाल्गुन २०८०, मंगलबार


काठमाडौं । महालक्ष्मी विकास बैंकले २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । आइतबार बैंकले आफ्नो आधिकारिक वेबसाइटमार्फत क्यालेन्डर प्रकाशन गरेको हो ।

स्थानीय साना तथा मझौला व्यापार झल्कने तस्बिरमार्फत सकारात्मक सन्देश प्रदान गर्दै यो वर्षको क्यालेन्डर प्रकाशन गरी ग्राहकसमक्ष ल्याइएको बैंकले जनाएको छ ।

उक्त क्यालेन्डरमा विश्व फोटोग्राफी दिवसका अवसरमा बैंकले सञ्चालन गरेको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’मा सहभागीमध्येका उत्कृष्ट १२ तस्बिर समावेश गरिएको छ । मिति, तिथि, चाडपर्व, दिवसलगायत विषयमा आफ्ना ग्राहकलाई जानकारी राख्न क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ ।

प्रकाशित : २९ फाल्गुन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह