Logo

बैंक / बिमा /शेयर

साञ्जेन जलविद्युतको साधारण सभा स्थगित


GDP नेपाल
   ३० फाल्गुन २०८०, बुधबार


साञ्जेन जलविद्युत कम्पनी लिमिटेडको १३औं वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले बुधवार एक सूचना जारी गर्दे फागुन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा स्थगित गर्ने निर्णय गरेको जानकारी दिएको हो ।

स्थगित सभा आगामी दिनमा गर्नका लागि पुनः सूचना जारी गर्ने कम्पनीले जनाएको छ ।

सभामा गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्तीको प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएको थियो ।

साथै सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना महिलासहित दुई जना सञ्चालकको निर्वाचन निर्वाचनको कार्यक्रम समेत तय भएको थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १३ गते एक दिन बुक क्लोज गरिसकेको छ । फागुन १२ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको १३औं वार्षिक साधारण सभामा सहभागी हुन योग्य भएका छन् ।

प्रकाशित : ३० फाल्गुन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह