Logo

बैंक / बिमा /शेयर

लाभांश प्रस्ताव पारित गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारणसभा सम्पन्न


GDP नेपाल
   ३० फाल्गुन २०८०, बुधबार


सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको ३० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजीको ११ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

यस्तै, सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ । सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।

सभाले संस्थापक शेयरधनीहरुको तर्फवाट सुरेश लाल श्रेष्ठ , पवन कुमार अग्रवाल , राहुल अग्रवाल, राजन कृष्ण श्रेष्ठ र सर्वसाधारण शेयरधनीहरुको तर्फवाट सुमित कुमार केडिया र प्रभु कृष्ण श्रेष्ठलाई आगामी ४ वर्षका लागि सञ्चालकको पदमा र्निविरोध निर्वाचित गरेको छ ।

प्रकाशित : ३० फाल्गुन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह