Logo

Uncategorized

९ महिनामा टेलिकम कमायाे नाफ ११ अर्ब ८५ कराेड नाफा


appharu
   ३१ बैशाख २०७५, सोमबार


काठमाडाैं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको नौ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार खुद मुनाफा गरेको छ । कम्पनीले हालै प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा सो तथ्य प्रस्तुत गरिएको हो । गत वर्षको सोही अवधिमा कम्पनीले ११ अर्ब ३२ करोड १८ लाख १९ हजार मुनाफा गरेको थियो । यस अवधिमा कम्पनीले ४.७२ प्रतिशत बढी नाफा आर्जन गर्न सफल भएको टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । कम्पनील हालै सार्वजनिक गरेकोे गत साउनदेखि चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीले ३३ अर्ब ८५ करोड ३२ लाख ७० हजार आम्दानी गरेको छ । प्राप्त विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले ३ प्रतिशत बढी आम्दानी गरेको जनाएको छ । समीक्षा अवधिमा कम्पनीले सेवा बिक्रीबाट २९ अर्ब ३९ करोड २१ लाख ३७ हजार र अन्यबाट चार अर्ब ४६ करोड ११ लाख ३३ हजार आम्दानी गरेको छ । गत आर्थिक वर्षको सो अवधिमा कम्पनीको सेवा बिक्रीबाट २९ अर्ब ७४ करोड ९४ लाख ६३ हजार र अन्यबाट रु तीन अर्ब ११ करोड ९४ लाख ५४ हजार आम्दानी गरेको थियो । उक्त कम्पनीको चुक्ता पूँजी १५ अर्ब छ । जगेडा कोषमा ७९ अर्ब ६९ करोड पाँच लाख १५ हजार जम्मा भएको छ । कम्पनीको प्रति शेयर आम्दानी १०५.३९ रुपैयाँ छ । हाल सेवाग्राहीको चाहना भ्वाइस भन्दा डाटा सेवातिर बढिरहेको देखिएको छ । साथै कम्पनीले हालको तीव्र प्रतिस्पर्धात्मक दुरसञ्चार बजारमा अग्रणी रहन सेवाग्राहीको माग तथा रुचिअनुरुप आकर्षक भ्वाइस तथा डाटा प्याकेज ल्याउनुका साथै समयानुकूल शुल्कमा परिमार्जन गर्दै आएको प्रबन्ध निर्देशक कामीनी राजभण्डारीले बताइन् ।

प्रकाशित : ३१ बैशाख २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह