Logo

Banner-news

होटल संघमा पनि महिलाको नेतृत्व, अन्नपूर्णकी सिर्जना राणा नयाँ अध्यक्ष


GDP Nepal
   २६ बैशाख २०७६, बिहिबार


काठमाडौं । मुलुकका पर्यटकस्तरीय र तारे होटलहरुको संगठन होटल संघ नेपाल (हान)को बिहीबार (आज) हुने ४६ औं वार्षिक साधारणसभाले नयाँ नेतृत्वसमेत चयन गर्दैछ ।

अपराह्न होटल सोल्टीमा हुने साधारणसभासँगै हानले ५ दशक लामो इतिहासमा पहिलोपटक महिला नेतृत्व पाउँदैछ । साविकको कार्यसमितिमा प्रथम उपाध्यक्ष रहेकी सिर्जना राणाले हानको नेतृत्व सम्हाल्ने पक्कापक्की भएको छ भने नयाँ कार्यसमितिको चयन पनि आजै हुने बन्दसत्रबाट हुनेछ ।

सिर्जना राणा

हानमा सहमतिमै नेतृत्व चयन गर्ने परम्परा छ । ५ तारे होटल सोल्टीकी प्रबन्ध निर्देशकसमेत रहिसकेकी राणाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा होटल सञ्चालनसम्बन्धी लामो अनुभव छ ।

यस्तै, कार्यसमितिको प्रथम उपाध्यक्षमा एयरपोर्ट होटलका प्रबन्ध निर्देशक विनायक शाहलाई चयन गर्ने सहमति भएको छ । हानमा यसअघिका दुई कार्यकाल महासचिव रहिसकेका शाहलाई आगामी अध्यक्षका रुपमा अघि सारिएको हो ।

२१ सदस्यीय कार्यसमितिमा विभिन्न क्षेत्रीय होटल संघको पनि प्रतिनिधित्व रहनेछ ।

प्रकाशित : २६ बैशाख २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह