Logo

Banner-news

नेपाली होटलमा १० खर्ब लगानी, १० लाखलाई रोजगारी !


GDP Nepal
   २७ बैशाख २०७६, शुक्रबार


काठमाडौं । पर्यटन उद्योगको प्रमुख आधार मानिएको होटल तथा रिसोर्टमा मात्र करिब १० लाख नेपालीले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाइरहेको होटल संघ नेपालले दावी गरेको छ । यस्तै, मुलुकभरका होटल तथा रिसोर्टमा १० खर्ब लगानी रहेको संघको भनाइ छ ।

बिहीबार राजधानीमा सम्पन्न संघको ४६ औं वार्षिक साधारणसभाका अवसरमा यो जानकारी दिइएको हो । संघले मुलुकका पर्यटकस्तरीय तथा तारे होटलको मात्रै प्रतिनिधित्व गर्दछ । संघमा आवद्ध भएकाबाहेक लज तथा रेष्टुरेन्टहरुमा पनि ठूलो लगानी छ ।

संघका प्रथम उपाध्यक्ष विनायक शाहले मुलुकभर साना–ठूला होटल, गेष्ट हाउस, लज र होमस्टे गरी १० हजारभन्दा बढी सञ्चालनमा रहेको उल्लेख गर्दै अहिलेकै अवस्थामा २५ लाख पाहुनाको आतिथ्य सत्कार गर्नसकिने दावी गरे ।

२५ लाख पर्यटकलाई बस्न, खान, मनोरञ्जन तथा सभा सम्मेलनलगायतका सेवा प्रदान गर्न आफूहरु सक्षम रहेको उनको भनाइ छ । २०२० को नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्रिए पनि धान्न सकिने उनको भनाइ छ ।

पछिल्लो समय काठमाडौं, पोखरा, चितवनकासाथै प्रमुख पर्यटकीय क्षेत्र हिमाली क्षेत्र र सात वटै प्रदेशमा नयाँ होटल खुल्ने क्रममा छन् । काठमाडौँमा मात्र आगामी पाँच वर्षमा दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय स्तरका होटलले करीब पाँच हजार शैया थप्ने उपाध्यक्ष शाहको भनाइ छ ।

नेपालका सबै प्रमुख व्यापारिक घरानाले होटल क्षेत्रमा लगानी गरी ठूला चेन होटल भित्र्याइरहेका छन् ।

होटल क्षेत्रको लगानी उत्साहजनक भएपनि सीमित पर्यटकीय पूर्वाधारले लगानीप्रति चिन्तित तुल्याएको भन्दै शाहले २५ लाख पाहुनाको क्षमता धान्ने होटल अहिले ५५ प्रतिशतमात्र अकुपेन्सी रहेको भन्दै क्षमता बढाउन विमानस्थल, सडक यातायात, स्वच्छ सहरी वातावरणलगायत पर्यटकीय पूर्वाधार विकास हुन नसके चुनौती थपिने खतरा औँल्याए ।

हानका अनुसार सन् २०२० सम्म तारे होटलमा अरु चार हजार शय्या थपिनेछन् । अहिले सञ्चालित होटलका कुल शय्या ३८ हजार हो । सरकारले सन् २०२० भित्र नेपाल आउने पर्यटकको संख्या २० लाख पु¥याउने लक्ष्य लिएको छ ।    

प्रकाशित : २७ बैशाख २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह