Logo

Banner-news

सेजमा पहिलो उद्योग शक्ति मिनरल्स खुल्यो, १ अर्बका सामान निर्यात गर्ने !


GDP Nepal
   १ जेष्ठ २०७६, बुधबार


रूपन्देही । मुलुकको व्यापारघाटा चुलिएका बेला त्यसलाई थोरै भए पनि राहत दिने काम भएको छ । देशकै पहिलो विशेष आर्थिक क्षेत्र (सेज)मा स्थापित पहिलो उद्योग शक्ति मिनरल्सले वार्षिक १ अर्बका उत्पादन भारत निर्यात गर्ने लक्ष्यका साथ उत्पादन सुरु गरेको छ ।

भैरहवास्थित सेजमा स्थापित उद्योगको उदघाटनका लागि संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव आफैं पुगेका थिए । गत असारमा स्थापनाको काम सुरु गरेको उद्योगले १० महिनामै उत्पादन सुरु गरेको हो ।

सेज ऐनमा तोकिएअनुसार उत्पादित बस्तुको न्यूनतम ६० प्रतिशत निर्यात गर्नैपर्छ । उद्योगका उत्पादन अहिले परीक्षण भइरहेको र उत्पत्तिको प्रमाणपत्रसहित प्रशासनिक प्रक्रिया सम्पन्न गरेर असारभित्रै निर्यातको लक्ष्य रहेको उद्योग व्यवस्थापनले जनाएको छ ।

शक्ति मिनरल्स मूलतः खनिज उत्खनन तथा अन्वेषणमा आधारित उद्योग हो र यसले खनिज पदार्थ (चुनढुंगा, डोलामाइट प्रशोधन गरी पाउडर र फ्ल्क्स(टुक्रा) उत्पादन गर्छ ।

उद्योगका कारण वार्षिक २० करोड बराबरको आयात प्रतिस्थापन हुने पनि जनाइएको छ । लाइमस्टोन र डोलामाइटको पाउडर तथा फ्ल्क्सहरू फलामे छड उद्योगमा प्रयोग हुन्छ । हाल यी वस्तु टर्की, इरान, मलेसियालगायतका मुलुकबाट आयात भइरहेको छ । गर्छ ।

४० करोडको लगानी रहेको यो उद्योगको दैनिक क्षमता १५ सय टन प्रशोधन गर्ने रहेको उद्योगका निर्देशक दीपकुमार झाले जानकारी दिए ।

प्रकाशित : १ जेष्ठ २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह