Logo

Banner-news

एनएमबि– ओम मर्जर सम्झौतापत्रमा हस्ताक्षर, पुँजी र जगेडा कोषमा साढे २० अर्ब


GDP Nepal
   २ जेष्ठ २०७६, बिहिबार


काठमाडौं । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतासँगै दुवै बैंक मर्ज भएमा पुँजी र जगेडा कोषमा २० अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ ।

मर्जरपछि बैंकको निक्षेप १ खर्ब १९ अर्ब र कर्जा प्रवाह १ खर्ब १३ अर्ब पुग्नेछ भने
बैंकको नाम यथावतै एनएमबि बैंक लिमिटेड रहने छ । २३ वर्षअघि स्थापित एनएमबि बैंकले सन् २०१७ र सन् २०१८ मा लगातार दुई पटक बैंक अफ दी ईयर उपाधि प्राप्त गरेको छ ।


मर्जरसम्बन्धी सम्झौतापत्रमा एनएमबि बैंक लिमिटेडको तर्फबाट सञ्चालक प्रदीपराज पाण्डे र ओम डेभलपमेन्ट बैंक लिमिटेडको तर्फबाट सञ्चालक योगेन्द्रलाल प्रधानले हस्ताक्षर गरे ।

हाल एनएमबि बैंकले ११० वटा शाखा तथा ४ एक्सटेन्सन काउन्टर र ओम डेभलपमेन्ट बैंकले ५३ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिइरहेको छ । मर्जर पश्चात बैंकको १६३ वटा शाखा र ५ वटा एक्सटेन्सन काउन्टरहरुको संजाल हुनेछ ।

त्यसैगरी, हाल एनएमबि बैंकको १०१ वटा एटिएमहरु र ओम डेभलपमेन्ट बैंकको १९ वटा एटिएमहरु संचालनमा रहेकोमा मर्जर पश्चात १२० वटा एटीएम सञ्जाल हुनेछ ।

मुलुकको समग्र बैंकिन तथा वित्तीय प्रणालीको संबद्र्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न मर्जरको निर्णय गरिएको जनाइएको छ ।

प्रकाशित : २ जेष्ठ २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह