Logo

Banner-news

थकाली भन्साको स्वाद अब काठमाडौंमै, पोखराको क्रसरोडले शाखा खोल्यो


GDP Nepal
   ६ जेष्ठ २०७६, सोमबार


काठमाडौं । पोखरामा थकाली परिकार पस्किने लोकप्रिय रेष्टुरेन्ट क्रसरोड थकालीले काठमाडौंमा शाखा विस्तार गरेको छ । काठमाडौंमा आम ग्राहकले थकाली खाना रुचाउने गरे पनि वास्तविक थकाली स्वाद नपाइरहेका बेला क्रसरोड थकालीले उपभोक्ताको रुचिलाई ध्यानमा राखेर क्रसरोड थकालीले शाखा विस्तार गरेको हो ।


कमलादीमा साढे २ करोड खर्चेर निर्माण गरिएको क्रस रोडको साजसज्जा पनि टिपिकल थकाली घरजस्तै छ । क्रस रोड थकाली भान्साले थकाली खानाका विभिन्न परिकार उपलब्ध गराएको छ । एकपटकमा १ सय जनाले बसेर खानाको स्वाद लिन सक्ने क्रसरोडमा बिहान र साँझाको खानाका साथै दिउँसोको खाजाको समयमा गरी ३ सय ग्राहकलाई सेवा दिन सकिने यसका सञ्चालक वीरेन्द्र शेरचनले जानकारी दिए ।

शेरचन भन्छन्, “अरुले काठमाडौंमा सुरु गरेर मोफसलमा विस्तार गर्छन, हामीले मोफसलबाट विस्तार गरी काठमाडौंमा आयौं ।” शेरचनसहित अनिल हिराचन, अनिल तुलाचन, राजु ताम्राकार, सविना प्रधान र आक्रोश बज्राचार्य मिलेर भान्सा सञ्चालन गरेका हुन् ।
उनका अनुसार काठमाडौंमा थकाली स्वादका पारखीहरु धेरै भए पनि वास्तविक स्वाद भने कमैमात्र पाइन्छ । “काठमाडौंमा हामीले धेरै ठाउँमा थकाली भान्सा लेखेको पाइयो, तर थकाली परिकार पाइएन, नाम मात्रैका थकाली भइरहेको ठाउँमा वास्तविक थकाली स्वादका लागि हामी राजधानी आएका हौं,” शेरचनले भने ।

पोखराको न्यूरोडमा १० वर्षदेखि र लेकसाइडमा ८ वर्षयता सञ्चालित थकाली भान्सामा मुस्ताङबाट ल्याइएको दाल फापरको पिठो, च्याङग्राको सुकुटी जिम्मुलगायतका खाना उपलब्ध गराइएको छ । ‘घोकेन’ (फापरको पिठोबाट बनाइने ब्रेडजस्ता परिकार) ‘आलु सुकुटी प्ला’ लगायतका विशेष खानेकुरा पनि भान्सामा पाइन्छ । ‘आलू पिनी प्ला’ भातलाई पिसेर नुडल बनाइएको परिकार हो । लामो समयसम्म राख्न सकिने उक्त खानालाई आलूसँग मिसाएर तयार पारिन्छ । त्यस्तै, थकाली ससेज नाम दिइएको ‘काघा धुङ’ खसीको आन्द्रामा रगत र फापरको पिठो मिसाएर बनाइन्छ । थकालीको अर्को परिकार ‘कुन्चेम्बा वकह्विट चिप’ फापरको सुकुटी जस्तै परिकार पनि थकाली भान्साका विशेषता हुन् ।

क्रसरोड थकाली भान्सामा भेज खाना तथा ढिँडो सेट ३ सय रुपैयाँ र चिकन सेटको मूल्य ३५० रुपैयाँ तोकिएको छ । यस्तै, फिस सेट र मटन सेटको ४५० रुपैयाँ तोकिएको छ ।

धेरै ठाउँमा थकाली भान्सा लेखेको पाइयो, तर थकाली परिकार पाइएन, नाम मात्रैका थकाली भइरहेको ठाउँमा वास्तविक थकाली स्वादका लागि हामी राजधानी आएका हौं,” शेरचनले भने ।
पोखराको न्यूरोडमा १० वर्षदेखि र लेकसाइडमा ८ वर्षयता सञ्चालित थकाली भान्सामा मुस्ताङबाट ल्याइएको दाल फापरको पिठो, च्याङग्राको सुकुटी जिम्मुलगायतका खाना उपलब्ध गराइएको छ ।

‘घोकेन’ (फापरको पिठोबाट बनाइने ब्रेडजस्ता परिकार) ‘आलु सुकुटी प्ला’ लगायतका विशेष खानेकुरा पनि भान्सामा पाइन्छ । ‘आलू पिनी प्ला’ भातलाई पिसेर नुडल बनाइएको परिकार हो । लामो समयसम्म राख्न सकिने उक्त खानालाई आलूसँग मिसाएर तयार पारिन्छ । त्यस्तै, थकाली ससेज नाम दिइएको ‘काघा धुङ’ खसीको आन्द्रामा रगत र फापरको पिठो मिसाएर बनाइन्छ । थकालीको अर्को परिकार ‘कुन्चेम्बा वकह्विट चिप’ फापरको सुकुटी जस्तै परिकार पनि थकाली भान्साका विशेषता हुन् ।

क्रसरोड थकाली भान्सामा भेज खाना तथा ढिँडो सेट ३ सय रुपैयाँ र चिकन सेटको मूल्य ३५० रुपैयाँ तोकिएको छ । यस्तै, फिस सेट र मटन सेटको ४५० रुपैयाँ तोकिएको छ ।

प्रकाशित : ६ जेष्ठ २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह