Logo

कर्पोरेट-बजार

युवा नव प्रवर्धकहरूको भेला गर्दै नेक्सजेन म्यानेजमेन्ट


GDP नेपाल
   २७ चैत्र २०८०, मंगलबार


नेक्सजेन म्यानेजमेन्टले काठमाण्डौंमा युवा नवप्रवर्द्धकहरूको भेला गर्ने भएको छ । नयाँ वर्ष २०८१ को अवसरमा कम्पनीले बानेश्वर स्थित आनन्द भुमि बिजनेस सेन्टरमा सो कार्यक्रम आयोजना गर्न लागेको हो ।

वर्षेनि दशौं लाख युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेको बेला देशमै सानो पूँजीमा थुप्रै काम गर्न सकिन्छ भन्ने सन्देश दिन सो कार्यक्मको आयोजना गर्न लागिएको कम्पनीले बताएको छ ।

यस्तो प्रतिकुल अवस्थामा युवाहरूलाई प्रेरित गर्न र उद्योग वयवसाय गर्ने वातावरण बनाउने गरि कम्पनीलेले युवा नवप्रवर्द्धकहरूको भेला सम्पन्न गर्ने कम्पनीको विश्वास छ। भेलामा युवाहरूको ब्यवशायिक योजनाहरू प्रस्तुत हुने, छलफल गर्ने तथा संभाव्य देखिएका परियोजनाहरू स्थापना र संचालनको लागि बैंक वित्तिय संस्थासंग समन्वय गर्ने कार्यक्रम रहेको छ ।

नेक्सजेन म्यानेजमेन्ट सम्पति ब्यवस्थापन र ब्यवसायिक परामर्श दिने गरि खोलिएको कम्पनी हो । गत फागुनबाट सेवा प्रारम्भ गरेको यस कम्पनीले बैशाख ८ गतेको भेला पछि नियमित रूपमा नव प्रवर्द्धक उध्यमीहरूसँग छलफल गरि देशमै बसेर काम गर्ने गरि कार्यक्रम संचालन गर्ने जानकारी समेत गराएको छ ।

प्रकाशित : २७ चैत्र २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह