Logo

Banner-news

हुन्डाईको बहुप्रतिक्षित ‘भेन्यु’ ३५ लाखमैः भारतमा सार्वजनिक, नेपालमा कहिले ?


GDP Nepal
   ८ जेष्ठ २०७६, बुधबार


काठमाडौं । नेपालमा लोकप्रिय कोरियाली सवारी कम्पनी हुन्डाईले बहुप्रतिक्षित भेन्यु गाडी मंगलबार भारतको राजधानी नयाँ दिल्लीमा सार्वजनिक गरेको छ ।

भारतीय सञ्चारमाध्यमहरुको अनुसार भेन्यूको मूल्य अपेक्षा गरिएभन्दा निक्कै कममा सार्वजनिक गरिएको छ । सुरुवाती मूल्य ६ लाख ५० हजार रहेको भेन्युको सुविधाअनुसार १० लाख ८४ हजार भारतीय रुपैयाँसम्म निर्धारण गरिएको छ ।

भारतीय बजारको मूल्य हेर्दा नेपाली बजारमा यो गाडीको सुरुवाती मूल्य ३५ लाख र अधिकतम ५० लाखसम्म पर्नसक्ने देखिएको छ ।

हुन्डाई भेन्यु

भेन्युको यो मूल्य पूरै भारतमा एउटै रहे पनि यो शोरुम मूल्यमात्रै हो । जानकारहरुका अनुसार भारत सरकारले विभिन्न शिर्षकमा लिने कर जोड्दा झन्डै शतप्रतिशतसम्म दोब्बर मूल्य पर्न जान्छ ।

भेन्युका लागि भारतमा मे सुरुदेखि बुकिङ खुलाए पनि नेपालस्थित आधिकारिक विक्रेता लक्ष्मी हुन्डाईले बुकिङ खुलाएको छैन । यद्यपि, लुक्स र साइजका कारण नेपाली बजारमा यो गाडी उपभोक्ताले रुचाउने कम्पनीको अपेक्षा छ ।

हुन्डाई भेन्यू ३ इन्जिन अप्सनमा उपलब्ध छ । डिजेल र पेट्रोल दुवैखाले सेगमेन्टमा उपलब्ध यो गाडी बजेटपछि ल्याइने जनाइएको छ ।

सातवटा रङमा उपलब्ध यो गाडी स्टार डस्ट, फियरी रेड, पोलार व्हाइट, टाइफुन सिल्भर, डिप फरेस्ट, लाभा ओरेन्ज र डेनिम रङमा उपलब्ध छन् । रिमोटकै भरमा स्टार्ट स्टप, क्लाइमेट कन्ट्रोल, डोर लक अनलक गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : ८ जेष्ठ २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह