Logo

Banner-news

कन्साई नेरोल्याकको ट्रेडमार्क चोरीमा जापानी राजदूतको आपत्ति !


GDP Nepal
   ९ जेष्ठ २०७६, बिहिबार


काठमाडौं । बहुराष्ट्रिय पेन्ट्स कम्पनी कन्साई नेरोल्याकको ट्रेडमार्क स्थानीय एक व्यक्तिले दर्ता गरेपछि जापानी कम्पनीले केएनपी जापानका नाउँमा नेपालमा व्यवसाय गरिरहेको छ । अदालतले समेत अवैध दर्ताकै पक्षमा फैसला गरेपछि नेपालमा लगानीका कुरा गर्दा यो मुद्दा सँधै पेचिलो बन्ने गर्दछ ।

नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि यो विषयप्रति नेपाल सरकार गम्भीर हुनुपर्ने बताएका छन् । जापानी कम्पनी कन्साई नेरोल्याकको नेपालस्थित आधिकारिक कम्पनी वीरगञ्जस्थित केएनपी जापान प्रालिको स्थलगत अवलोकन गर्दै राजदूतले ट्रेडमार्क विवाद सम्बोधन नभए अन्य लगानीलाई पनि समस्या पर्ने बताए ।

राजदूत मासामिचीले सो अवसरमा उद्योगको उत्पादनको अवस्था र आगामी योजनाहरुका बारेमा नेपालस्थित निर्देशक अशोक वैधबाट जानकारी लिएको कम्पनीले बताएको छ ।

जापान, भारत र नेपालका लगानीकर्ताको साझेदारी रहेको सो उद्योगले नेपालको पेन्ट बजारमा गरेको प्रगतिको राजदूत साइगोले प्रसंशा गरेका छन् । कम्पनीका निर्देशक वैधले नेपालमा पेन्ट उद्योगको सम्भाव्यता राम्रो भए पनि बहुराष्ट्रिय कम्पनीको रुपमा रहेको यो उद्योगले ट्रेडमार्कको समस्या झेल्दै आउनु परेको जानकारी गराएका थिए ।

निर्देशक वैध र जापानी राजदूतबीच भेटघाट

राजदूत साइगोले उद्योगले भोगिरहेको ट्रेडमार्कको समस्याको समाधानका बारेमा जापानी दूतावासले पहल गरिरहेको बताए । समस्याले निकास नपाएसम्म यो प्रयासलाई निरन्तर जारी राख्ने आश्वासन पनि उनले दिए ।

जापानी दूतावासका प्रथम सचिव ताकासी मियातासमेत सहभागी रहेको उक्त भ्रमणका क्रममा उद्योगका प्रबन्धक अजय गौडले उत्पादनका विविध पक्षका बारेमा जानकारी दिए ।

यसअघि पूर्व जापानी राजदूत मासासी ओगावाले पनि सो उद्योगको २ पटक स्थलगत अवलोकन गरेका थिए । उद्योगले सन् २०१२ देखि नेपालमा उत्पादन थालेको हो ।

प्रकाशित : ९ जेष्ठ २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह