Logo

अर्थनीति

आउने मंगलबार नीति तथा कार्यक्रम


appharu
   १ जेष्ठ २०७५, मंगलबार


काठमाडाैं । सरकारले आर्थिक वर्ष २०७५।०७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते ल्याउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ७ गते अर्थात मंगलबार अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका छन् ।
मन्त्रिपरिषद्ले प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा भएको मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अत्यन्त सफल र नेपालको हितमा रहेको निष्कर्ष निकालेको छ । सो भ्रमणले दुई देशबीचको सम्बन्ध अझ बलियो बनाएको अनुभूति र विश्वास मन्त्रिपरिषद्ले गरेको दावी पनि गरिएको छ ।

प्रकाशित : १ जेष्ठ २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह