Logo

Banner-news

युनिलिभरले भन्यो– युनिक सोप र गंगा सोपले ‘ब्ल्याकमेल’ गरे !


GDP Nepal
   १२ जेष्ठ २०७६, आइतबार


काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल दुई स्थानीय कम्पनीसँगको साझेदारी अन्त्य गरेसँगै विवादमा तानिएको छ ।

युनिलिभरले सनसिल्क क्लिनिक प्लस उत्पादन गर्दै आएको गंगा सोप र पाँच किसिमका सर्फ उत्पादन गर्दै आएको युनिक सोपसँगको साझेदारी क्रमशः गत वर्षको चैत १७ र कात्तिक २६ बाट अन्त्य गरेको थियो ।

युनिलिभर नेपाल

युनिलिभरले दुवै कम्पनीसँग सहमतिमै साझेदारी अन्त्य गरिए पनि हाल भने दुवै कम्पनीले अनावश्यक बार्गेनिङ गरिरहेको जनाएको छ । तर, युनिक सोप र गंगा सोप दुवै कम्पनी सम्बद्ध अधिकारीहरुले नेपाली स्वामित्वका कम्पनी बन्द गरी भारतीय लगानीमा सहायक कम्पनी खोल्न लागेको आरोप लगाएका छन् ।

युनिलिभरले भने दुवै कम्पनीले उत्पादन रोक्ने निर्णय गरेकै कारण सम्झौता अन्त्य गरिएको दावी गरेको छ । कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– उत्पादकहरुले वास्तविक अवस्थालाई नजरअन्दाज गर्दै सम्झौता समापनका लागि सौहार्दपूर्ण वातावरण सिर्जना नगरी अहिले आएर कम्पनीसँग अनुचित माग गरिरहेका छन् ।

गंगा सोपका सञ्चालक इन्द्रबहादुर बानियाँ प्रदेश ३ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेतासमेत हुन् । उनले युनिलिभरसँग अढाई करोड भुक्तानी पाउन बाँकी रहेकाले मजदुरलाई भुक्तानी दिनसमेत नसकिएको बताएका छन् ।

अर्को उद्योग युनिक सोपले पनि डेढ करोड रुपैयाँ नपाएको दाबी गरेको छ । यद्यपि, युनिलिभरले भने सम्पूर्ण पारदर्शीताा र निष्पक्षता कायम गरेको जनाएको छ ।

हेर्नुहोस्, युनिलिभरको विज्ञप्ति जस्ताको तस्तै:

प्रकाशित : १२ जेष्ठ २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह