काठमाडौं । सरकारले पेट्रोल र डिजेलमा फेरि कर बढाएको छ । सडक सुधारका लागि भन्दै पेट्रोल र डिजेलमा थप १ रुपैयाँ कर निर्धारण गरिएको बजेटमा उल्लेख छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदका दुवै सदनको संयुक्त वैठकमा आर्थिक वर्ष २०७६–७७ को आयव्यय विवरण (बजेट) प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
जेठ १५ गते अर्को आर्थिक वर्षका लागि बजेट पेश गर्ने संवैधानिक व्यवस्था छ । केपी ओली नेतृत्वको दुईतिहाई बहुमतको सरकारका अर्थमन्त्री खतिवडाको यो दोस्रो बजेट हो ।
प्रतिक्रिया