Logo

Banner-news

मोदीको सपथग्रहणमा विनोद चौधरी पनि आमन्त्रित !


GDP Nepal
   १६ जेष्ठ २०७६, बिहिबार


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दोस्रो कार्यकालका लागि सपथ ग्रहण गर्दैछन् ।
बिहीबार साँझ राष्ट्रपति भवन नयाँदिल्लीमा हुने सपथ ग्रहण समारोहमा बिमस्टेक राष्ट्रका सरकारप्रमुखहरुलाई आमन्त्रण गरिएको छ । सोही आमन्त्रणअनुसार नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सपथग्रहण समारोहमा सहभागी हुँदैछन् ।


नेपालबाट ओलीमात्र नभइ उद्योगपति विनोद चौधरीलाई पनि आमन्त्रण गरिएको छ । चौधरी यस्तो निमन्त्रणा पाउने एकमात्र नेपाली उद्योगी हुन् ।

भारतीय प्रधानमन्त्री मोदी गुजरातको मुख्यमन्त्री हुँदादेखि नै निकट रहेका उद्योगपति चौधरी हाल प्रतिनिधिसभामा कांग्रेसका समानुपातिक सांसद छन् ।

चौधरी आजै नयाँ दिल्ली गएर सपथ समारोहमा सहभागी हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
यसै महिना सम्पन्न लोकसभा निर्वाचनमा मोदीको दल भारतीय जनता पार्टीले प्रचण्ड बहुमत पाएपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री भएका हुन् ।

प्रकाशित : १६ जेष्ठ २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह