Logo

Banner-news

रहेनन् होटल उद्योगका ‘पायोनियर’


GDP Nepal
   १७ जेष्ठ २०७६, शुक्रबार


काठमाडौं । नेपालको होटल उद्योग क्षेत्रमा पायोनियर मानिने सोल्टी होटलका प्रेसिडेन्ट इमिरेट्स प्रभाकर शमशेर राणाको निधन भएको छ । ८४ वर्षीय राणा ढाडको रोगबाट पीडित थिए ।

उद्यमी राणाको अमेरिकाको एक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । बिहीबार बिहान साढे ४ बजे उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । राणाको अन्त्येष्टि अमेरिकामै गरिने भएको छ । उनका एकमात्र छोरा सिद्धार्थ शमशेर राणा अमेरिकामै छन् ।

प्रभाकर शमशेर राणा

स्व. राणाको नेतृत्वमा सोल्टी होटल, सिप्रदी, सूर्य नेपाल, भोटेकोशी पावर, अमरावती इन्टरनेशनल लगायतका कम्पनी स्थापना भएका हुन् । यी कम्पनी तारा म्यानेजमेन्टअन्तर्गत सञ्चालमा छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहका व्यावसायिक साझेदारसमेत रहेका राणाका छोरा सिद्धार्थको ज्ञानेन्द्र पुत्र पारससँगको झगडापछि राजपरिवारसँगको सम्बन्धबाट टाढै रहन रुचाउँथे । वृद्ध अवस्थामा पनि उत्तिकै सक्रिय राणासामु नेपालका अधिकांश होटल व्यवसायीले श्रद्धाले शीर झुकाउँथे ।

राणाको शवको अन्त्येष्टि अमेरिकामै गरिए पनि काजक्रिया भने नेपालमै हुने भएको छ ।

प्रकाशित : १७ जेष्ठ २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह