Logo

अर्थनीति

बन्द उद्योग पुनः सञ्चालनको पुरानै कार्यक्रम


gdpnepal
   १ जेष्ठ २०८१, मंगलबार


सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बन्द तथा रूग्ण उद्योग सञ्चालन गर्ने नीति लिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त सदनलाई सम्बोधन गर्दै निजी क्षेत्र प्रतिस्पर्धी भएका गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, हेटौंडा कपडा उद्योगलगायतका बन्द तथा रूग्ण अवस्थाका सार्वजनिक संस्थान सम्भाव्यताका आधारमा सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त विधिबाट व्यस्थापन र सञ्चालन गरिने बताएका हुन्। 

उनले व्यवसायिक वातावरण निर्माण गरी उद्योगी व्यवसायीको मनाेबल बढाइने पनि बताएका छन्। 

छरिएर रहेका साना पुँजी एकत्रित गरी ठूला परियोजना कार्यान्वयन गर्न एवम् बन्द भएका उद्योग कलकारखाना व्यवस्थापन  र सञ्चालन गर्न निजी लगानी कम्पनीलाई प्रोत्साहन गरिने सरकारको नीति रहेको छ।

प्रकाशित : १ जेष्ठ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह