Logo

Banner-news

उद्योग संगठनद्वारा मोरङ व्यापार संघसामु एकताको तुरुप, महासंघलाई काउन्टर ?


GDP Nepal
   ४ असार २०७६, बुधबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका प्रभावशाली उपाध्यक्ष किशोर प्रधानको गृहजिल्ला मोरङमा लामो समयदेखि प्रभावशाली उपस्थिति जनाउँदै आएका व्यवसायीहरुका दुई संगठनबीच एकीकरणको प्रयास भएको छ ।

पूर्वी नेपालकै पुराना यी दुई संगठनहरुले हाल नेपाल उद्योग वाणिज्य महासंघको अस्तित्वमाथि नै चुनौती दिइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको पहुँचलाई आधार बनाएर उद्योग संगठन मोरङले महासंघलाई नै ओभरटेक गर्दै आइरहेको छ ।

तर, महासंघको प्रभावसामु केही जोर नचलेपछि दुई संस्थाबीच एकीकरण गर्ने प्रयासमा उद्योग संगठनका अध्यक्ष भीम घिमिरे लागिपरेका छन् । दुवै संस्था एकीकरण गरेर आफैं अध्यक्ष बन्ने दाउमा रहेका घिमिरेले मोरङ व्यापार संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्दै एकताको तुरुप फालेका छन् ।

केही वर्षयता संघका अध्यक्ष पवनकुमार सारडालाई प्रभावमा पारेर घिमिरेले पूर्वमा महासंघको समानान्तर गतिविधि सञ्चालन गर्दै आएका थिए । तर, उनले तीन जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षको कीर्ते हस्ताक्षर गर्दै महासंघविरुद्ध प्रयोग गरेसँगै उनको अभियान बीचैमा तुहिन पुगेको थियो ।

महासंघका उपाध्यक्ष किशोर प्रधान आफैंले नेतृत्व गरेको संस्थाले महासंघविरुद्ध समानान्तर गतिविधि गरिरहँदा समेत नियन्त्रण गर्न नसक्नुलाई उनको समेत कमजोरीका रुपमा हेरिएको छ । अर्कोतर्फ राजनीतिक हस्तक्षेप भित्र्याएर सत्ताको दुरुपयोग गर्नेहरुबीच एकीकरणले महासंघलाई काउन्टर दिन भने त्यति सहज देखिँदैन ।

यसैबीच, मोरङ व्यापार संघको अध्यक्षमा प्रकाश मुन्दडा चयन भएका छन् । संघको ३२ औं कार्यसमितिका पदाधिकारीहरूको निर्वाचनले मुन्दडाको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

प्रकाशित : ४ असार २०७६, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह