Logo

कर्पोरेट-बजार

आषाढ १२ गते सुनचाँदी तथा कालिगड क्षेत्रका १० वटा संघहरुले संयुक्त पदयात्रा गर्ने


GDP नेपाल
   १२ असार २०८१, मंगलबार


काठमाडौँ । सुनचाँदी व्यवसाय तथा कालिगड बचाउ अभियान २०८१ ले संयुक्त पदयात्राको आयोजना गर्ने भएको छ । सुनचाँदी तथा कालिगड क्षेत्रका १० वटा संघहरुले आषाढ १२ गते बिहान ११ बजेदेखि न्यूरोड गेटबाट इन्द्रचोकसम्म संयुक्त पदयात्रा गर्ने भएका छन् ।

पछिल्लो समय विशाल बजारस्थित श्री रिद्धिसिद्धि ज्वेलर्सका प्रतिनिधि नरेन्द्र कुमार गुप्ताले सुनचाँदी व्यवसायी तथा आम उपभोक्ताबीचको एकतामा गम्भीर आँच आउने हर्कत गरेको जनाउँदै गुप्ताको सो कार्यप्रति विरोध जनाउन संयुक्त पदयात्राको आयोजना गरिएको अभियानले जनाएको छ ।

पदयात्रा समबन्धी आज एक विज्ञप्ति जारी गर्दै अभियाले भनेको छ,”सुनचाँदी व्यवसाय तथा कालिगड बचाउ अभियान २०८१ ले सुनचाँदी तथा कालिगड क्षेत्रका १० वटा संघहरुको संयुक्त पदयात्राले मुलुकमा सुनचाँदीको नीति, निर्देशिका लागू गर्न, सुनचाँदी बजारमा देखिएको अराजकताको अन्त्य गर्न, नेपाली मौलिक गहनाहरुको रक्षा गर्न, नेपाली कालिगड एवम् श्रमिकहरुको रोजगारीको ग्यारेण्टी गर्न, बढ्दो भन्सारदरको विरोध गर्न, अवैधानिक एवम् कर छली आएको सुन पूर्ण रुपमा बन्द गर्न, आवश्यकिय मात्रामा कच्चा पदार्थ सुनचाँदी व्यवसायीहरुलाई उपलव्ध गराउन, बेला बेलामा प्रशासनबाट व्यवसायीमाथि हुने धरपकडका विरुद्ध एक्यवद्धता जनाउन, परापूर्वकाल देखि नेपाली व्यवसायी, कालिगड एवम् ग्राहक विचको सुमधुर सम्बन्ध तथा भाइचारा कायम राख्न, र नेपाली सुनचाँदी क्षेत्रमा देखिएको विकृतिको भण्डाफोर गर्ने उद्देश्यका साथै मुलुकमा सुनचाँदी व्यवसाय सम्बन्धि ऐन नियम, निति निर्देशिका नभएको अवस्थामा विशाल बजारको श्री रिद्धिसिद्धि ज्वेलर्स प्रा. लि. का प्रतिनिधि नरेन्द्र कुमार गुप्ताद्वारा व्यवसायी तथा आम उपभोक्ता बीचको एकतामा गम्भीर आँच आउने हर्कत गरेकोले सो को विरोध स्वरुप मिति २०८१ आषाढ १२ गते विहान ११ बजे न्यूरोड गेट बाट भेला भई इन्द्रचोक सम्म हुने छ ।” 

प्रकाशित : १२ असार २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह