Logo

Banner-news

कतार एयरवेज पाँचौ पटक ‘विश्वको सर्वोत्कृष्ट एयरलाइन’द्वारा सम्मानित


GDP Nepal
   ६ असार २०७६, शुक्रबार


दोहा । कतार एयरवेजले यस वर्षको स्काइट्रेक्स वल्र्ड एयरलाइन अवार्ड्समा चार प्रतिष्ठित पुरस्कार हात पार्न सफल भएको छ । जसमध्ये ‘विश्वको सर्वोत्कृष्ट एयरलाइन’ सर्वोच्च पुरस्कार रहेको थियो । योसँगै कम्पनी उक्त पुरस्कारद्वारा ५ पटक (२०११, २०१२, २०१५, २०१७ र २०१९) सम्मान हुने पहिलो एयरलाइन बन्न सफल भएको छ ।

साथै कतार एयरवेजले तेश्रो पटक ‘मध्य–पूर्वको सर्वोत्कृष्ट एयरलाइन’ र लगातार चौथो वर्ष ‘सर्वोत्कृष्ट बिज्नेस क्लास’ उपाधि हात पार्न सफल भएको छ । विश्वका चिर प्रतिद्वन्दीहरुलाई पछि पार्दै कम्पनीले पुनः आफ्नो बिज्नेस क्लास क्यूसुइटको लागि ‘सर्वोत्कृष्ट बिजनेस क्लास सिट’ द्वारा सम्मान भएको छ ।

स्काइट्रेक्स अवार्ड्स समारोहमा उपस्थित सम्माननीय यातायात तथा सञ्चार मन्त्री श्री जसिम सैफ अहमद अल सुलाइतीले भने, “कतार राज्यको लागि यो दिन अत्यन्तै महत्वपूर्ण दिन हो र कतार एयरवेज पाँचौ पटक ‘वर्षको सर्वोत्कृष्ट एयरलाइन’ उपाधिद्वारा सम्मानित भएको देख्ने अवसर पाएकोमा म निकै हर्षित छु । ”

प्रकाशित : ६ असार २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह