Logo

कर्पोरेट-बजार

प्रतितोला २ सय रुपैयाँले बढ्यो सुनको मूल्य


GDP नेपाल
   १७ असार २०८१, आइतबार


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ३०० रुपैयाँ कायम भएकोे छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १७ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ३२६.७३ डलरमा र चाँदी प्रतिऔंस २९.१४ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : १७ असार २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह