Logo

कर्पोरेट-बजार

प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँ पुग्यो सुनको मूल्य


GDP नेपाल
   १९ असार २०८१, मंगलबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोल १०० रुपैयाँले बढेर १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर १८ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३२७ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २९.२९ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : १९ असार २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह