Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?


GDP नेपाल
   २४ असार २०८१, आइतबार


काठमाडौं । साताको पहिलो कारोवार दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार रूपैयाँले बढेको हो ।

शुक्रबार १ लाख ४४ हजार ४ सय रूपैयाँमा कारोवार भएको सुन आज १ लाख ४५ हजार ४ सय रूपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा २० रूपैयाँले बढेको छ । शुक्रबार प्रतितोला १ हजार ८ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी आज भने १ हजार ८ सय ९० रूपैयाँ निर्धारण भएको छ ।

प्रकाशित : २४ असार २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह