Logo

कर्पोरेट-बजार

नेपाली युवा उद्यमी मञ्च नेपालगञ्ज च्याप्टरको अध्यक्षमा थापा चयन


GDP नेपाल
   २५ असार २०८१, सोमबार


काठमाडौँ । नेपाली युवा उद्यमी मञ्च नेपालगञ्ज च्याप्टरको अध्यक्षमा तिर्थ बहादूर थापा चयन भएका छन् । च्याप्टरको पहिलो साधारण सभाले थापाको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कार्यसमीतिमा निवर्तमान अध्यक्ष नितेश कुमार कनौडिया, ओक प्रकाश मिश्रा प्रथम उपाध्यक्ष र अर्शद कमल सिद्धिकी दोस्रो उपाध्यक्षमा चयन भएका छन् ।

यस्तै, कार्यकारी सदस्यहरुमा अञ्जना पाण्डे, शिखा गौतम श्रेष्ठ, अभिनय शर्मा, अभिनभ कुमार सिंह, अल्ताफ बागवान, पारस मोहपाल, अभिलभ शर्मा, सिद्धान्त अग्रवाल, यश भेस र रिहान मियाँ रहेका छन् ।

हाल देशभर १३ वटा च्याप्टर विस्तार गरेको यस युवा उद्यमी मञ्चमा एक हजार जना भन्दा बढी युवा उद्यमीहरु आबद्ध छन् ।

आगामी दिनमा देशभर थप च्याप्टर सञ्चालनमा ल्याउनुका साथै युवा उद्यमीहरुलाई जोड्ने योजना रहेको संघका वरिष्ठ उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठले बताए । 

प्रकाशित : २५ असार २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह