Logo

कर्पोरेट-बजार

ब्राईट मेटल इण्डष्ट्रिजका कर्मचारीमाथि वडाअध्यक्षको दुर्व्यवहार, कारवाही गर्न माग


GDP नेपाल
   २८ असार २०८१, बिहिबार


काठमाडौँ । बारा जितपुरसिमरा उप-महानगरपालिका वडा नं. ११ स्थित ब्राईट मेटल इण्डष्ट्रिज प्रालिले सोही वडाका अध्यक्षसहित उनका सहयोगीलाई कारवाही गर्न माग गरेको छ ।

बुधबार साँझ ५ बजेको समयमा सोही वडाका अध्यक्ष बिन्दा लाल साहसहित उनका सहयोगीले उद्योग परिसरमा छिरेर त्यहाँका गार्ड तथा कर्मचारीमाथि गालीगलौज तथा दुर्व्यवहार गर्नुका साथै उद्योगमा ताला लगाए थिए ।

सो उद्योगमा काम गरिरहेका कर्मचारीका अनुसार साहसहित उनका सहयोगी रुप नारायण चौधरीले मूल गेटमा रहेका सुरक्षा गार्डलाई ‘म यस वडाको मुख्य हु चिन्दैनस’ भनी धम्कयाउँदै उद्योगभित्र प्रवेश गरेका थिए ।

“वडाध्यक्ष बिन्दा लाल र उनका सहयोगी रुप नारायण चौधरी समेत दुबैजना उधोगको मुल गेटमा आई सुरक्षा गार्ड समेतलाई धम्क्याई म यस वडाको मुख्य हु चिन्दैनस भन्दै जबरजस्ती गेट खोल्न लगाई गेट देखी ५०० मिटर टाढा रहेको उधोगमा पसेर उधोगका मेसीनहरु चलि रहेको अवस्थामा नै ताला लगाए,” सो उद्योगमा कार्यरत एक कर्मचारीले भने ।

उद्योगमा उपस्थित कर्मचारीका अनुसार वडाध्यक्ष साहले आज देखी यस उद्योगमा यो  गाँउ बाहिरका मानिसले काम गर्न पाउदैनन् भन्दै मुल गेटमा ताला लगाएका थिए । त्यस्तै, आफूले लगाएको ताल्चा खोलेमा हात खुट्टा भाँचिदिने भन्दै गार्डलाई समेत धम्क्याएका थिए ।

सो घटना पश्चात इलाका प्रहरी कार्यालय सिमराका डिएसपिसहितको टोली उद्योगमा पुगेर मूल गेटको ताला खोलेको थियो ।

कम्पनी प्रबन्धकका अनुसार प्रहरीले बिना मुचुल्का तथा बिना कारवाही गेटको ताला खोल्दै अध्यक्ष साहले होसमा नहुने गरी रक्सी खाएकोले उनलाई अर्कोदिन कार्यालयमा बोलाएर सम्झाउने भन्दै छोडेका थिए ।

निरन्तर काम चलिरहेको उद्योग भित्र अराजक शैलीमा प्रवेश गरी आफ्ना कर्मचारी तथा मजदूरमाथि दुर्व्यवहारका साथै धम्की समेत दिएको बताउँदै वडाध्यक्षको सो कार्यप्रति कडा कारवाही गर्न ब्राईट मेटल इण्डष्ट्रिजले माग गरेको छ ।

प्रकाशित : २८ असार २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह