काठमाडौँ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले गहना उत्पादनकर्ता व्यवसायीले मात्रै बैंकबाट सुन खरीद गर्न पाउनु पर्ने माग राखेको छ ।
नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति सम्बन्धमा ७ बुँदे सुझाव दिँदै महासंघले गहना उत्पादनकर्ता व्यवसायीले मात्रै बैंकबाट सुन खरीद गर्न पाउनु पर्ने माग राखेको हो ।
महासंघले वाणिज्य बैंकहरुले प्रदान गर्ने पुनर्कजा आदिमा आभुषण व्यवसायलाई पनि समावेश गर्नुपर्ने, गहना व्यवसायीले वाणिज्य बैंकबाट सुन खरीद गर्न प्रत्येक बैंकमा खाता खोल्नुपर्ने झन्झटिलो प्रक्रिया पुरा गर्नुपर्ने भएकोले सो प्रावधानलाई सरलिकरण गरिनुपर्ने, १६औं दिन पछिको सुन पनि गहना उत्पादनकर्ता व्यवसायीले मात्रै खरीद गर्न पाउनु पर्नेलगाएतका माग राखेको छ ।
प्रतिक्रिया