Logo

कर्पोरेट-बजार

प्रतितोला २ हजार रूपैयाँले घट्यो सुनको मूल्य


GDP नेपाल
   ४ श्रावण २०८१, शुक्रबार


काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार रूपैयाँले घटेको छ ।

बिहीबार प्रतितोला १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ हजार रूपैयाँले घटेर १ लाख ४७ हजार ५ सय रूपैयाँमा कारोवार भैइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ८ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ८ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी आज ३० रूपैयाँले घटेर १ हजार ८ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ४ श्रावण २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह